भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक आउदै , विवेक ओवराय बने मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक आउदै , विवेक ओवराय बने मोदी

कोही पनि कलाकारको परिक्षाको घडी त्यतिबेला हुन्छ जती बेला ठूला र प्रतिष्ठित ब्यक्तीहरुको जिवनीमा आधारित कथाको फिल्ममा काम गर्नुपर्ने हुन्छ । किनकि बायोपिकमा काम गर्दा ती चरित्रहरुको जिवनीलाई फिल्ममा जस्ताकाे तस्तै उतार्ने चुनाैती हुन्छ ।

यस्तै परिक्षाको घडीमा छन् नायक विवेक ओवराय । विवेकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म पि. एम. नरेन्द्र मोदी गर्दैछन् ।जसमा उनी मोदी नवजवान हुँदा देखि सन्यासी, स्वयं सेवक हुँदै प्रधानमन्त्री हुँदा सम्मको भूमिकामा देखिएका छन् ।

भारतीय फिल्म ट्रेन्ड एनालिष्ट तरण आदर्शले आफ्नो फेसबुक वालमा नरेन्द्र मोदीको आवरणमा विवेक ओवरायको विभिन्न नौ वटा फोटोहरु सार्बजनिक गरेका छन् । फिल्म १२ अप्रिलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्