बिराटनगरमा साफ फाइनल: टिकट दर बढाएको भन्दै आक्रोशित समर्थकले टिकट काउन्टर नै बन्द गराए

बिराटनगरमा साफ फाइनल: टिकट दर बढाएको भन्दै आक्रोशित समर्थकले टिकट काउन्टर नै बन्द गराए

बिराटनगर चैत्र ८ ,

बिराटनगरमा आज हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि सामाजिक संजालमा बिरोध साथै अहिले स्थानीय फुटबल समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् ।

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।टिकट काउन्टर ११ बजेदेखि खुल्ला गर्ने भनिएपछि अझै बन्द नै रहेको छ ।

२ सय र ३ सयको टिकटमा खेल हेर्दै आएका दर्शकले आज फाइनल खेल हेर्न रु ५ सय रुपैया खर्चनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्