आजबाट एसइई परिक्षा : नायिकादेखि सांसदसम्म परीक्षार्थी छन्

आजबाट एसइई परिक्षा : नायिकादेखि सांसदसम्म परीक्षार्थी छन्

बिराटनगर चैत्र १०,

आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । बिहान ८ बजेबाट शुरु हुने परीक्षामा  मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।

देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका निम्ति केन्द्राध्यक्षलगायत ७२ हजार ६ सय ३१ जनशक्ति प्रत्यक्ष खटिने जनाइएको छ । साधारण, संस्कृत र प्राविधिक धारका गरी ९९ विषयको परीक्षा लिइने छ ।

नायिकादेखि सांसदसम्म परीक्षार्थी

यो वर्षको एसइई परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन्। नायिका करिष्मा मानन्धरले काठमाडौंबाट एसइई परीक्षा दिँदैछिन् भने नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरबाट एसइई परीक्षा दिँदैछिन् ।

मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन्। खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन्।

उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन्। उनकी १७ वषर्ीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्