चट्याङले लागेर ४ जना घाईते २ वटा चौपायाको मरे

चट्याङले लागेर ४ जना   घाईते २ वटा चौपायाको मरे

विराटनगर, १२ चैत। आज बिहान आएको हावाहुरी र पानीसंगै चट्याङ पर्दा चट्याङले  लागेर १ नम्बर प्रदेशका बिभिन्न स्थानमा ४ जना घाईते भएका छन् भने २ वटा चौपाया मरेका छन् ।

ईलाम नगरपालिका-६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीय ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बम बहादुर लिम्बु घाईते भएका छन् । घाईते दुवै जनाको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको छ भने  अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ मा स्थानीय फुलमाया बर्देवाको घरमा चट्याङ पर्दा चट्याङको   ४७ बर्षीया फुलमाया बर्देवा र ४२ बर्षीया कृणा बर्देवा घाईते भएका छन् घाईते दुवै जनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा रण बहादुर मगरको गोठमा चट्याङ पर्दा गोठमा रहेको गाई मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खोटाङको खोटाङरावावेशी गाउँपालिका-२ का दल बहादुर कामीको गोठमा रहेको गाई पनि चट्याङको झिल्काले लागेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्