हावाहुरीले झापामा विद्युत् सेवा अवरुद्ध, प्रहरी बिट नै पल्टियो

<span class='c1'>हावाहुरीले झापामा विद्युत् सेवा अवरुद्ध,</span> <span class='c2'>प्रहरी बिट नै पल्टियो</span>

बिर्तामोड, १२ चैत ।  मंगलबार बिहान पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध पार्नुका साथै घरका छाना नै उडाएको छ । भद्रपुरस्थित सगरमाथा चोकमा रहेको प्रहरी बिटको भवन त पल्टिएको छ ।

हावाहुरीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको हो । यस्तै कचनकवल गाउँपालिका–६ का झड्कन ठाकुरको घरको टिनको छानो उडाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मंगलबार बिहानको हावाहुरीले भद्रपुरमा प्रहरी बिट, कचनकवलमा घरको छाना र मेचीनगर नगरपालिका १५ नाङ्गन टोलका नरेन्द्र लिम्बूको घरको टिन उडाएको छ ।

साथै गौरादह, भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा हावाहुरीले विद्युतको पोल रुख ढाल्दा विद्युत सेवा बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गौरादह नगरपालिका–७ ग्वालडुब्बामा एउटा, भद्रपुर नगरपालिका १० विमानस्थल पूर्वमा एउटा र बिर्तामोड नगरपालिका–५ महानन्द चोकमा २ वटा बिजुलीको पोल ढलेको छ ।

बिहानैदेखि विद्युत सेवा अवरुद्ध हुँदा जिल्लाका धेरै सेवाग्राही मर्कामा परेका छन् । यस्तै मेचीनगर ननगरपालिका–७ टोकला चिया बगान अगाडि रुख ढल्दा भित्रि राजमार्ग अवरुद्द रहेको प्रहरीले बताएको छ ।

सबै स्थानमा हावाहुरीले पु¥याएको क्षतिको बिवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्