इन्डियन प्रिमियर लिग : चेन्‍नई सुपर किंग्ससंग दिल्ली क्यापिटल्स ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग : चेन्‍नई सुपर किंग्ससंग दिल्ली क्यापिटल्स ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्स ६ विकेटले पराजित भएको छ । चेन्‍नई सुपर किंग्सले दिल्लीलाई दुई बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्‍नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाउन सफल भएको हो ।

चेन्‍नईको जितका लागि ओपनर ब्याट्‍सनम्यान  शेन वाट्‍सनले सर्वाधिक ४४ रनको योगदान गरे । उनले २६ बलमा ३ छक्का र ४ चौकासहित ४४ रन बनाएका थिए । त्यसैगरी महेन्द्र सिंह ध्वनीले ३५ बल खर्चेर १ छक्‍का र २ चौकाको मद्दतमा ३२ रनको योगदान गरेका थिए । सुरेश रैनाले १६ बलमा १ छक्का र चार चौकासहित ३० रन जोडेका थिए । केदार जादवले ३४ बलमा २ चौकासहित २७ जोडेका थिए । अम्बाती रायडूले ५ रन बनाएका थिए ।

दिल्लीका लागि अमित मिश्रले दुई र इशान्त शर्मा र  कगिसो राब्दाले एक-एक विकेट लिएका थिए ।

दिल्लीका लागि ओपनर शिखर धवनले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । उनले ४७ बलमा ७ चौकाको सहयोगमा ५१ रन बनाउन सफल भए ।
त्यस्तै ऋषभ पन्त २५ रन बनाउँदा पृथ्वी शाले २४ रन बनाउन सफल भए । दिल्लीका लागि कप्तान श्रेयस ऐर १८ रनको योगदान गर्दा राहुत तेवतियाले ११ रन जोडे ।

बलिङतर्फ चेन्‍नईका ड्बेन ब्राभोले ३ विकेट लिए । त्यस्तै दिपक चाहर,रविन्द्र जडेजा र इमरानताहिरको नाममा समान एक-एक विकेट लिएका थिए ।

दिल्लीमा आबद्ध नेपाली लेगस्पिनर सन्दीपले आज पनि टोलीमा स्थान पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्