झापा चैत्र १३ , मेचीको भद्रपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान चट्याङ लागेर दुई जना घाइते भएका हुन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते दुवै जनालाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।