ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

ट्रकको ठक्करबाट  भारतीय नागरिकको मृत्यु

झापा, १४ चैत । ट्रकको ठक्करबाट दमकमा बुधवार साँझ एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले साइकलमा रहेका मण्डललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइको छ। मृतक मण्डल दमकमा मजदुरीको काम गर्दै आइरहेका थिए। ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्