फागुन २८ गते हराएका ब्यक्तिको शब तमोरमा भेटियो

फागुन २८ गते हराएका ब्यक्तिको शब तमोरमा भेटियो

तेह्रथुम, १५ चैत ।
तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्कको तमोर नदीको किनारमा सडेगलेको अवस्थामा एक शव फेला परेको छ ।

शव इलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेलको रहेको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिए । शव पूर्णरुपमा सडेकाले पोस्टमार्टम गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । लुइँटेल गत फागुन २८ गतेदेखि घरबाट बेपत्ता थिए । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्