विप्लवका नेता पक्राउ गर्न प्रहरीकाे नयाँ शैली, पक्राउ परेका ब्यक्ति सबै गाेप्य

विप्लवका  नेता पक्राउ गर्न प्रहरीकाे नयाँ शैली, पक्राउ परेका ब्यक्ति सबै गाेप्य

विराटनगर, १५ चैत । प्रदेश १ को बिशेष प्रहरी (ब्यूरो) टोलीले विप्लव समुहका मोरङ जिल्ला सदस्य नवराज भट्टराईलाई पक्राउ गर्न खोज्दा गम्भीर घाइते भएका छन् ।

मोरङको ग्रामथान गाँउपालिका २ मा गएराती भट्टराईलाई पक्राउ गर्न खोज्दा बाईकमा सवार उनि दुर्घटनामा परेका थिए । उनको गम्भीर अबस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार भट्टराईको आइसियुमा राखेर उपचार भैरहेको बताइएको छ । उनको टाउकोमा गम्भीर चोट छ ।  ब्यूरो टोलीले उनलाई पक्राउ गर्न खोजेपछि बाईक तिब्र गतिमा कुदाएर भाग्न खोज्दा नालामा लडेको प्रहरी स्रोतले बताएको छ ।  उनलाई रातीनै धरान लगेर उपचार शुरु गरिएको थियो ।

घटनाको बिषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले दुर्घटना भएको भनेर मौखिक जानकारी मात्र आएको बताए । ‘बाईक अनियन्त्रीत भएर लडेर एकजना व्यक्ति घाइते भएको भनेर जानकारी आएको छ’ अरु हामीलाई थाहा छैन, उनले भने ।

अस्पतालमा भने प्रहरीकै खर्चमा उनको उपचार भइरहेको बताइएको छ । यता विप्लव समुहका एक नेताले उनलाई ब्यूरो टोलीले प्रयोग गर्ने टाटा सोमो गाडीले पछाडीबाट ठक्कर दिएको दाबी गरेका छन् । नेकपा विप्लवका कार्यकर्ता सुनसरी- माेरङबाट हरेक दिन पक्राउ गरेकाे  भएपपनि  प्रहरीले गाेप्य राख्ने गरेकाे छ । एक हप्ता भित्र  प्रदेश १ का बिभिन्न जिल्लावाट १० जना बढी पक्राउ परेकाे प्रदेश प्रहरी कार्यालय श्राेतले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्