उदयपुर, १६ चैत । उदयपुरको कटारी नगरपालिका-११ सिरवानी भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सोलु करिडरको ३२ केिभए प्रशारण लाईनको लागि आरडी ग्रुपले ठेक्कामा लिएको हाई स्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरेकाे हाे । माटोको ढिस्कोमा पुरिएर सोही कम्पनीका कामदार बर्ष २८ को लीला बहादुर बि.क. को घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घाईते अन्य २ जना ३० बर्षिय तेज बहादुर बि.क. गम्भीर घाईते भएका छन् भने कटारी नगरपालिका-१० बस्ने सुर्य प्रसाद खनाल सामान्य घाईते भइका छन । दुबै जनालाई उपचारको लागि कटारी अस्पताल पठाईएको छ ।