सुनसरी, १६ चैत । सुनसरीको गढी गाउँपालिका-४ चर्माई टोलमा नहरको पानिले बगाउँदा २ बर्षिय नाबालिकाको मृत्यु भएको छ ।
आज दिउँसो स्थानिय ललित रामको छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा पर्न गई बगाई लैजादै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए । पानिमा डुबेर बेहोस भएकी उनलाई उपचारकोलागी कोशी अंचल अस्पताल बिराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।