मोरङको उर्लाबारीमा आइतबार प्रधानमन्त्री आउने भएपछि रातारात सडक पिच हुदै

<span class='c1'>मोरङको उर्लाबारीमा आइतबार प्रधानमन्त्री आउने</span> <span class='c2'>भएपछि रातारात सडक पिच हुदै</span>

विराटनगर चैत १६ ।

मोरङको उर्लाबारी स्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री जाने भएपछि रातारात बाटो कालोपत्रे भएको छ ।

प्रतिष्ठान छिर्ने ठाउँसम्म करिब तीन सय मिटर बाटोमा मात्र पिच थालिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण शनिश्चरे बजारसम्मको सो सडकमा उर्लाबारी नगरपालिकाको ११ लाख, प्रतिष्ठानको १८ लाख ३८ हजार गरी कुल २९ लाख ३८ हजारमा उपभोक्ता समितिमार्फत कालोपत्रे भैरहेको छ ।

नगरपालिकाबाट विनियोजीत बजेट भएपछि नगरपालिकासँग सम्झौता गरेर, कार्यादेश लिएपछि मात्रै काम सुरु गर्नु पर्नेमा प्रष्ठिानले हतार हतार नगरपालिकासँग कुनै सम्झौता नै नगरी काम सुरु गरेको उर्लाबारी नगरपालिकाका इन्जिनियर रोशन उदासले बताए ।
चैत १२ गतेदेखि प्रतिष्ठानले बाटो पिच गर्न थालेको हो । अहिले बाटोभरी अलकत्रा छरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्