ईटहरी, १७ चैत ।
नेपाल बंगलादेश युवा सम्मेलनको अवसरमा हेल्पिङ युथ इटहरीले सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।
नेपाल, बंगलादेश, भारत, अफगानिस्तान लगायत बिभिन्न देशका युवाहरूलाई नेपालको ट्राफिक नियम सम्बन्धि जानकारी दिएको छ । युवाहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना अभिबृद्धि गराई सम्भावित दुर्घटनाबाट जोगाउन कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा सवारी दुर्घटनाका कारणहरु र सुरक्षित सडक प्रयोग विधि सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो ।
सडक दुर्घटना न्यूनिकरण गर्न प्रहरी तथा सरकारी निकायको प्रयासले मात्र नहुने भएकाले आम नागरिक पनि सचेत हुनुपर्ने हेल्पिङ युथका अध्यक्ष बिकल पौडेलले बताए ।
प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले ट्राफिक नियमविपरीत सवारी चलाउँदा दुर्घटना हुने गरेको जानकारी दिए । उनले ट्राफिक नियमको पालना गरेर सवारी कुदाउने हो भने ९० प्रतिशत दुर्घटनामा कमी आउने दाबी गरे ।