झापामा भारतबाट अवैधरूपमा ल्याउदै गरेको यौनवद्र्धक औषधिसहित चार पक्राउ परे

<span class='c1'>झापामा भारतबाट अवैधरूपमा ल्याउदै गरेको</span> <span class='c2'>यौनवद्र्धक औषधिसहित चार पक्राउ परे</span>

सुरुङ्गा, चैत १७ गते । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ ।

जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पालाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । मे१ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारैलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ताहिर भ्यान चालक हुन् । यो सँगै प्रहरीले मे६प १०१६ नंको मोटरसाइकल र अर्को एक थान भारतीय नम्बरप्लेट भएको वीआर३७ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

औषधिको मूल्य भने खुलाइएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्