‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिए

<span class='c1'>‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार</span> <span class='c2'>शिविरबाट पदमार्ग निर्माण कार्य थालिए</span>

सन्तोष राउत

सोलुखुम्बु, चैत १७ गते ।

सन् २०१९ को ‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन आङकामी शेर्पाको नेतृत्वमा गएको आइसफल डाक्टरहरुको टोलीले आधारशिविरबाट काम गरिरहेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आठ जनाको टोलीले बौद्ध धर्म अनुसार लामाबाट पुजा गरी आधार शिविरबाट बाटो बनाउन थालेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो । आधार शिविरमा पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले बौद्ध धर्म अनुसार लामाबाट पूजापाठ गरी शुरु गर्ने चलन छ ।

प्रत्येक वर्ष ‘अक्टोबर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्परा अनुसार काम शुरु गरिन्छ । बाटो बनाउने क्रममा कुनै विपत आइ नलागोस्, सकुशल फर्कन पाऊँ, भगावानले रक्षा गरुन् र हिमाल आरोहण गर्ने आरोहीमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्