मोरङको दाम्राभीट्टा इंङलिस स्कुल नयाँ स्वरुपमा ,गुणस्तरीय र अन्तरास्ट्रिय शिक्षा दिने प्रतिबद्धता

<span class='c1'>मोरङको दाम्राभीट्टा इंङलिस स्कुल नयाँ स्वरुपमा</span> <span class='c2'>,गुणस्तरीय र अन्तरास्ट्रिय शिक्षा दिने प्रतिबद्धता</span>

बिराटनगर चैत्र १८ ,

मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल नयाँ स्वरुपमा संचालन हुने भएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा आगामी नयाँ शैक्षिकसत्रबाट संचालनमा आउन लागेको हो ।

स्कुल व्यस्थापनमा अस्ट्रेलिया तथा विराटनगरका शैक्षिक क्षेत्रमा अनुभब प्राप्त समुहको आगमन संगै स्कुलका शैक्षिक , भौतिक तथा अन्य पक्ष सबल बनाउदै लगिने स्कुलका एकेडेमिक निर्देशक पंकज खड्काले जानकारी दिए ।

बिराटनगर वा काठमान्डौ कै शैशिक गुणस्तरको शिक्षा उक्त स्कुलमा लागु गरिने पनि खड्काले बताए । बिद्यार्थीहरुलाई अन्तरास्ट्रिय शिक्षण बिधिबाट पढाइ गराइनु साथै व्यावारिक तथा जीवन उपयोगी शिक्षा दिने उदेश्यसहित हाल स्कुलको भौतिक संरचना साथै अन्तरास्ट्रिय बिधिबाट पढाउने मैत्री संरचना तयार हुदै आएको पनि उनले जानकारी दिए ।

आगामी शैक्षिकसत्रको लागि स्कुलले भर्ना सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्