ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताप्लेजुङ, चैत्र १९ गते ।

ताप्लेजुङको मेरिदिङ गाउँपालिका-५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट राईको घटनास्थलमा नै मृत्यु भएको हो भने ठक्कर दिने ट्याक्टर र चालक मेरिङदेन-२ सानथाक्रा बस्ने बर्ष २७ को लाक्पा शेर्पालाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्