विप्लवका इलाम सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ

विप्लवका इलाम सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ

झापा, २० चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।  उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिए। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्