सुनसरी, २२ चैत । समाजिक सञ्जाल फेसबुकको आईडी ह्याक गरी अरुको चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेको भन्दै इलाका प्रहरी कार्यालयले २ जना लाई पक्राउ गरेको छ ।
समाजिक सञ्जाल दुरुपयोग गरी आईडी ह्याक गर्ने तथा फेक आइडी बनाई आफ्नो सार्वजानिक वेइज्जती गरेको एक महिलाले गरेको उजुरीको आधारमा वराहक्षेत्र नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक जीवन तामाङ्गले बताए ।