सुनसरी, २३ चैत । सुनसरीको रामधुनी नगरपालिका-६ बाट १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय पकलीले उनलाई पक्राउ गरेकाे हाे । पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।