पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु, दुई जना घाइते

<span class='c1'>पानीसँगै परेको चट्याङ लागेर झापामा एक</span> <span class='c2'>जनाको मृत्यु,  दुई जना घाइते</span>

भद्रपुर, २३ चैत। शनिबार  पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पु-याइएको थियो । उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

झापामा दुई साताअघि मात्र अर्जुनधारा नगरपालिकामा घरमै बसिरहेका अवस्थामा चट्याङ लागेर दुईजना घाइते भएका थिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्