धनकुटामा एकजनाको मृत्यु,हत्याको आशंका

<span class='c1'>धनकुटामा एकजनाको</span> <span class='c2'>मृत्यु,हत्याको आशंका</span>

धनकुटा, २४ चैत । धनकुटा नगरपालिका निवासी मानशहादुर दर्लामीको रहश्यमय मृत्यु भएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान शूरु गरेको छ ।

धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको अस्वाभाविक ढंगले शव फेलापरेको परिवारबाटै जानकारी आएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार दर्लामीको शव उनको घरमा आइतबार बिहान फेला परेको र उनको हत्या शनिबार राती नै भएको हुन सक्ने बताए। उनलाई हत्या गरेर घरमा लगेर सुताएको परिवारले थाहा नपाएको र परिवारले बिहान बोलाउन जाँदा रगत बगिरहेको भेटेपछि प्रहरीलाई खबर गरेको खड्काले बताए।

उनको अनुहार र शरीरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खत तथा डढेको देखापरेको प्रहरी निरीक्षक खड्काले बताएका छन्। घटनाबारे दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ। घटनाबारे स्थानीय बच्चाहरुमार्फत थप अनुसन्धान गरिने प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्