पाँचथर जिल्लाको सदरमुकाम फिदिममा तेस्रो पाँचथर गोल्ड कप आजबाट सुरु भएको छ ।
आज भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई १ गोलका बिरुद्ध ६ गोल अन्तरले हराउदै डि.एफ.सी. मोरङ विजयी भएको छ । पाँचथर गोल्ड कपमा हिमालय शेर्पा क्लब काठमाण्डौ, जावलाखेल युथ क्लब काठमाडौं र दार्जिलीङ युनाइटेड भारत लगायत ए डिभिजनका सहितको १० टिमको सहभागिता रहने छ ।
गोल्ड कप बिजेतालाई ४ लाख र उपबिजेतालाई २ लाख राशिको पुरस्कार रहेको आयोजक पाँचथर क्लबले जनाएको छ । चैत्र २३ गतेबाट सुरुहुने भनिए पनि बर्षाका कारण आजबाट संचालन भएको हो ।