सुम्बुमा लेक लागेर विदेशी नागरिकको मृत्यु

सुम्बुमा लेक लागेर विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु , २४ चैत । जिल्लाको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक स्पेनिस नागरिकको ज्यान गएको छ। खुम्बुपासङल्हमु गाउँपालिका ५ लुङदेमा आइतबार बिहान ९ बजे लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो। लुक्लाबाट ७ जनाको टोली आधार शिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलाई थ्रिपास गेस्ट हाउसमा लगेकोमा सोही होटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

एसियन एडभेन्चर एक्सपिडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिकमध्ये अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले पुष्टि गरेको छ। घटनास्थल तर्फ ईलाका प्रहरी कार्यलय नाम्चेबाट प्रहरी निरीक्षकसहितको टोली प्रस्थान गरेको प्रहरी जनाएको छ। घटनास्थल ईलाका प्रहरी कार्यलय नाम्चेबाट करिब १२ घण्टाको पैदल दूरीमा पर्दछ। यसैबीच, लेक लागेर मृत्यु भएका पर्यटक भरिया जयराम कुलुङको शव प्रहरीले आफन्तलाई बुझाएको छ।

गत बिहीबार खुम्बुको थुक्लामा लेक लगेर मृत्यु भएका महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको शव प्रहरीले आवश्यक कानुनी प्रकृया पूरा गरी शनिबार साझ आफन्तलाई जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्