सोलुखुम्बुमा सुरुङभित्र काम गर्ने एक मजदुरको मृत्यु, दुई घाइते

<span class='c1'>सोलुखुम्बुमा सुरुङभित्र काम गर्ने एक</span> <span class='c2'>मजदुरको मृत्यु, दुई घाइते</span>

सोलुखुम्बु, २६ चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा निर्माणाधीन लोयर सोलु हाइड्रो कम्पनीको सुरुङभित्र ढुङ्गाले लागेर मंगलबार बिहान १ मजदुरको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।

बिहान साढे ४ बजे सुरुङभित्र काम गरिरहेका कामदारको समूहलाई माथिबाट खसेको ढुङ्गाले किच्दा भारतको आसाम बरपिताका कामदार २० वर्षीय रविउल अली, आसाम नलवाडीका २१ वर्षीय हनमनी कोलिता र आसाम लोखिमपुरका २६ वर्षीय विशाल गोवाला गम्भीर घाइते भएका थिए ।

घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा रविउल अलीको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी सोलुखुम्बुका नायब उपरीक्षक शालिकराम शर्माका अनुसार, सुरुङको मुखमै माटो सहितको ढुङ्गा खसेर कामदारहरूका टाउकोमा चोट लागेको थियो । शव पोष्टमार्टम गरेर कानुनी प्रक्रिया पूरा गरी निर्माणकर्ता मार्फत मृतकका परिवारलाई जिम्मा लगाइने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्