भोजपुरमा यस्तो घटना : सुत्केरी अवस्थामै रहेकी आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या

भोजपुरमा यस्तो घटना : सुत्केरी अवस्थामै रहेकी आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या

भोजपुर , चैत्र २८ ।

जिल्लाको पौवादुङमा गाउँपालिका वडा नम्बर ४ का रमेश पौडेलले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका छन् ।

उनले सुत्केरी अवस्थामै रहेकी १९ बर्षीया श्रीमती जानुकोको हत्या गरका हुन् । केही बर्षअघि मात्रै बिवाह गरेका उनीहरुको ४५ दिन अघी छोरा जन्मीएको थियो । घरयासी विवादका कारण रमेशले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी हत्याको कारण स्पष्ट नखुलेकाले घटनाबारे थप अनुसन्थान भईरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

हत्यारा श्रीमान रमेशलाई प्रहरी नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्