विराटनगरको कोशी अस्पतालमा चौथो दिनपनि तालाबन्दी, दैनिक २ लाख ५० हजार घाटा

<span class='c1'>विराटनगरको कोशी अस्पतालमा चौथो दिनपनि तालाबन्दी, </span> <span class='c2'>दैनिक २ लाख ५० हजार घाटा</span>

विराटनगर, २९ चैत ।
कोशी अञ्चल अस्पतालको ओपिडी सेवा चार दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न आएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् ।
सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो चारदिन देखि उपचार नै नपाएर फर्कनु पर्ने बाध्यतामा छन् ।

कोशी अञ्चल अस्पतालको ओपीडी सेवामा पुगेका विरामीहरु डाक्टरलाई भेट्नै नपाई फर्कने गरेका छन् । सोमबारदेखि ठप्प रहेको कोशी अञ्चल अस्पतालको ओपीडी सेवाको मुख्य प्रवेशद्धारा बाहिर नै ताला लगाईएको छ ।
विहिबार विराटनगर १३ का विरेन्द्र मण्डल आफ्नी श्रीमतीलाई उपचार गराउन कोशी अञ्चल अस्पताल पुगेकोका थिए तर उपचार नै नगराई फर्कनु प¥यो । उनको श्रीमतीको मुटुमा पानी जमेको कारण चाँडो उपचार गराउनु पर्ने उनको भनाई छ । उनले भने ‘अब त अस्पतालमा पनि ताला लगाउन थालेछन् हामीजस्ता गरिबलाई बिरामी परेर अस्पतालमा आउँदा मर्नुको बिकल्प रहेन ।’
त्यस्तै सुनसरीको चिमडीबाट आएकी अस्मिता चौधरी पनि अस्पतालको मुलगेटमा लगाइएको तालाका कारण उपचार नै नपाई फर्कनु प¥यो । सरकारले अस्पतालजस्तो संबेदनशिल ठाउँमा राजनीति नगर्न भनेपनि अस्पतालका डाक्टरहरु नै समायोजनको बिरोध गर्दै तालाबन्दीमा उत्रिएका छन् ।

सरकारी चिकित्सक संघ (गाेदान) केन्द्रको निर्णय अनुसार उनीहरु सरकारले गरेको कर्मचारी समायोजनको बिरोधमा आन्दोलनमा उत्रिएका हुन् । कोशी अञ्चल अस्पतालको बिगत चार दिनदेखि ओपीडी स्वास्थ्य सेवा ठप्प छ । यसको असर उपचार गराउन आएका बिरामीले भोग्नु परेको छ ।
विरामीको सेवा भन्दा स्वार्थमा केन्द्रीत रहेका सरकारी डाक्टरका कारण दैनिक एक हजार भन्दा बढी विरामीहरु कोशी अञ्चल अस्पतालको ओपीडी सेवा पाउनबाट वञ्चित भएका छन् ।
डाक्टर रन्जु देवले केन्द्रको निर्णय अनुसार आन्दोलन गरिएको बताईन् । विरामीलाई सास्ती दिनु कुनै रहर नभएको बताईन् । सरकारले चिकित्सक डाक्टरहरुको कुरा नसुन्दा यो अबस्था आएको उनको तर्क छ ।
अस्पताललाई घाटा
कोशी अञ्चल अस्पताका मेडिकल सुपरिटेण्डेन डा रोशन पोखरेलले अत्याबस्यक बिरामीलाई ओपिडीको बाहिरै बसेर पनि उपचार सेवा दिएको दाबी गरे । उनका अनुसार अस्पतालमा दैनिक २ लाख ५० हजार राजश्व् अस्पतालले गुमाउँदै आएको छ । बिरामीले पाउनु पर्ने दुख एकातिर छ भने अस्पतालबाट उठ्ने राजश्वको हानीको पिडा पनि अस्पतालले ब्यहोर्दै आएको छ । विरामीले साह्रै दुःख पाएकोले बार्ता नै नभईरहेको अबस्थामा आईतवार देखि नियमित अस्पताल खोल्ने की भन्ने मनस्थितीमा अस्पताल प्रशासन पुगेको छ ।
डाक्टरहरुले आफ्ना माग राख्नु जयज नै होला तर स्वार्थ गाँसिएको मागका बिषयलाई लिएर गरिएको आन्दोलनले बिरामी भने हैरान् छन् । आन्दोलनका कारण कसैले अकालमा ज्यान गुमाए त्यसको जिम्मेवार को हुने ? यस बिषयमा गम्भिर हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्