हायसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, एकजना घाइते

हायसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, एकजना घाइते

सुनसरी, ३० चैत । सुनसरीको रामधुनी नगरपालिका-३ जाल्पा पेट्रोल पम्प अगाडी  हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ नम्बरको मोटरसाईकललाई  ठक्कर दिएको थियो । ठक्करवाट मोटरसाईकल चालक ईनरुवा नगरपालिका-६ मधेसा बस्ने बर्ष ३५ को गजेन्द्र खवास चौधरी र मोटरसाईकलको पछाडी सवार ईटहरी उप-महानगरपालिका- १६ बस्ने बर्ष ५५को अशोक साह घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा गम्भीर घाइते मोटरसाईकल चालक चौधरीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने हायसका चालक महोत्तरी महेस्थान गाउँपालिका-५ बस्ने बर्ष ४० को हेम बहादुर जिम्बा तामाङ प्रहरीको नियन्त्रणमा  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्