आईपिएल अपडेट : बल्ल जित्यो विराटको बैङ्गलौर , गेलको बिस्फोटक ब्याटिङ काम लगेन

आईपिएल अपडेट : बल्ल जित्यो विराटको बैङ्गलौर , गेलको बिस्फोटक ब्याटिङ काम लगेन

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले यो सिजनको आइपिएलमा पहिलो जित दर्ता गरेको हो ।

बैंग्लोरले सातौँ खेलमा आएर पहिलो जित दर्ता गरेको हो । बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो । बैंग्लोरले १७४ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै दुई विकेटको क्षतिमा भेट्टाएको हो ।

उसका लागि कप्तान विराट कोहलीले ५३ बलमा ८ चौकाको सहयोगमा ६७ तथा एबी डी भिल्लियर्सले ३८ बलमा नटआउट ५९ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले चार विकेटको क्षतिमा १७३ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ६४ बलमा १० चौका र पाँच छक्काको सहयोगमा नटआउट ९९ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्