लोदिया खोलामा नुहाउँदा डुबेर एकजनाकाे मृत्यु

लोदिया खोलामा नुहाउँदा  डुबेर  एकजनाकाे मृत्यु

ईलाम,  १ वैशाख। ईलामको माई नगरपालिका-१० लोदिया खोलामा नुहाउने क्रममा  डुबेर एकजनाको मृत्यु भएको छ ।

पानीमा डुबेर सोही स्थान बस्ने बर्ष ३१ को पूर्ण दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दर्जीको  खोलामा नुहाउने क्रममा पुल बनाउन पिलर गाड्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।  प्रहरीले  कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्