लुक्का विमान दुर्घटना :कोपाइलटले चलाएका थिए लुक्लामा दुर्घटनामा परेको विमान

लुक्का विमान दुर्घटना :कोपाइलटले चलाएका थिए लुक्लामा दुर्घटनामा परेको विमान

सोलुखुम्बु, २ वैशाख। सोलुखुम्बुको लुक्का विमानस्थलमा दुर्घटनामा परेको समिट एयरको विमान कोपाइलट सुजित ढुंगानाले चलाएको पुष्टि भएको छ । समिट एयरका अनुसार यात्रु र कार्गोरहित विमान भएकाले कोपाइलट सुजित ढुंगानाले चलाएका थिए ।
बिहानैदेखि हतारमा रहेको उक्त विमानले आठौं उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो । त्यसअघि रामेछापबाट यात्रु ओसारेका थिए ।

लुक्लाबाट रामेछापका लागि ‘टेकअफ’ गर्ने क्रममा समिट एयरको जहाज चिप्लिएर धावनमार्ग छाड्दा दुर्घटनामा परेको थियो । चिप्लिएपछि मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा दुईजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।

समीट एयरका कोपाइलट सुजन ढुंगाना र असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते अवस्थामा रहेका असइ रुद्रबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्