पुरानो रिसिईवीका कारण दुई युवकको कुटपिटबाट एक वृद्धको घटनास्थलमै मृत्यु

पुरानो रिसिईवीका कारण दुई युवकको कुटपिटबाट एक वृद्धको घटनास्थलमै मृत्यु

सुनसरी २ वैशाख । सुनसरीमा कुटपिटबाट एक वृद्धको ज्यान गएको छ । सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटबाट आइतबार एक बृद्धको मृत्यु भएको हो । राति साढे ११ बजे भोक्राह–नरसिंह गाउँपालिका–७ बस्ने २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँका ७५ वर्षीय जागेश्वर मण्डल पुरानो रिसिईवीको कारण कुटपिट गरेका थिए ।

कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरिको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्