२ वटा मोटरसाईकल आपसमा ठोक्किदा १ को उपचार गराउन लैजादै गर्दा बाटैमा मृत्यु

२ वटा मोटरसाईकल आपसमा ठोक्किदा १ को उपचार गराउन लैजादै गर्दा बाटैमा मृत्यु

झापा २ वैसाख । झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक कमल गाँपालिका(६ बस्ने बर्ष २१ को प्रबिण राजवंशी, मोटरसाईकलको पछाडी सवार बर्ष २६ को मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका(४ बस्ने बर्ष २२ को लोकेश ठटाल घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारको लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक प्रविण राजवंशीको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्