उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाे भित्तेढुंगामा बाेलेराे दुर्घटना, ९ जना घाईते

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाे  भित्तेढुंगामा बाेलेराे दुर्घटना, ९ जना घाईते

उदयपुर, २ वैशाख । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ भित्तेढुंगामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । यात्रु लिएर जाँदै गरेको बा ८ च ७७७६ नम्बरको बलेरो गाडी उकालोबाटोमा ट्रनिङ मोड्ने क्रममा ब्रेक नलागेर पछाडी सर्दा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा बोलेरोमा सवार उदयपुर लिम्चुङबुङ गाउँपालिका-५ बस्ने बर्ष १५ को सुरेन्द्र राई, बर्ष-१७ को अम्बिका राई, बर्ष-३२ को अर्जुन थापा, रौतामाई-३ बस्ने बर्ष-४० की सीता तामाङ, बर्ष-६० को चन्द्र बि.क., लिम्चुङबुङ-५ बस्ने बर्ष-१६ को बिपन ल्वागुन, बर्ष-३४ की साबित्रा परियार, बर्ष-१८ की नीता सुवेल र बर्ष-१६ की शर्मिला दियाली घाइते भएका हुन् । घाइते सवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी लिम्चुङबुङ पठाईएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ ।

बोलेरोका चालक रामेछाप बानकीभण्डार गाउँपालिका-६ बस्ने बर्ष २३ को लाल बहादुर कार्कीलाई प्रहरीको नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्