ताप्लेजुङ, २ बैशाख । ताप्लेजुङको हेलीप्याड नजिकै बा १२ च ३०० नम्बरको कार दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते दुवै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

घाइते दुवैको तमोर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कार हेलिप्याड गेट अगाडीबाट अनियन्त्रित भई मेवाखोला हिल रिसोर्टको माथिपट्टि खसेको थियो ।

प्रतिक्रिया लेख्नुहोस