आईपीएल अपडेट : फेरी हार्यो रोयल च्यालेन्जर्स बेंगलोर , मुम्बई इन्डियन्सले ५ विकेटले हरायो

आईपीएल अपडेट : फेरी हार्यो रोयल च्यालेन्जर्स बेंगलोर , मुम्बई इन्डियन्सले ५ विकेटले हरायो

एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले अाफ्नाे
घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईको जितका र्दिक पान्ड्याले उत्कृष्ट प्रर्दशन रह्यो ।

टस जितेर फिलडिंग रोजेको मुम्बईका ओपनर क्विन्टन डी ककले २६ बलमा २ छक्का र ५ चौकासहित ४० रन बनाए । रोहित डी कक ८ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए । उनले ७० रनको साझेदारी गरे। कप्तान रोहित शर्माले १९ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए । ईशान किशानले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन जोडे । क्रुनाल पान्ड्याले ११ रन बनाए । हार्दिकले १६ बलमा ५ चौका र २ छक्कासहित ३७ रन बनाए ।

जितका लागि मुम्बईलाई अन्तिम १२ बलमा २२ रन चाहिएका बेला उनले पवन नेगीलाई १९ औं ओभरमा २ छक्का र २ चौका सहित २२ रन जोड्दै एक ओभर बाँकी रहँदै जित दिलाएका थिए । बेंगलोरका लागि मोईन अलीले २, युजवेन्द्र चाहलले २ र मोहम्मद सिराजले १ विकेट लिए ।

बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ‌। एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रन, पार्थिव पटेल २८ र, मोइन अलीले ३२ बलमा ५ छक्का र १ चौकासहित ५० रन बनाए । बेंगलोरका लागि अन्य खेलाडीले राम्राे प्रर्दशन गर्न सकेनन् । कप्तान विराट कोहलीले ८ रन बनाए । उनलाई तेस्रो ओभरको पहिलो बलमा क्विन्टन डी ककले क्याच आृट गरे । मुम्बईका लागि मलिङ्गाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए भने हार्दिक पान्ड्या र जोसन बेहरनडोफले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्