बिराटनगर आउदै गरेको बसले किचेर १० वर्षिय बालकको मृत्यु , बस र चालक नियन्त्रणमा

बिराटनगर आउदै गरेको बसले किचेर १० वर्षिय बालकको मृत्यु , बस र चालक नियन्त्रणमा

इनरुवा बैशाख ३,

सुनसरीको कोशी गाउँपालीमा बसले किचेर एक बालकको मृत्यु भएको छ । मंगलवार बिहान साढे ९ बजेको समयमा कोशी गाउँपालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहाबाट बिराटनगर आउदै गरेको यात्रुबाहक बसले किचेर पानी बेच्ने १० वर्षिय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको भारदहबाट पानी बेचेर भाण्टावारी आउने क्रममा सिराहा – बिराटनगर चल्ने ना ६ ख ५९६६ नम्बरको बसले किचेर कोशी गाउँपालीका ८ भाण्टावारी बस्ने युसुफ मियाको १० वर्षीय छोरा नुर सलामको मृत्यु भएको प्रहरीले जनाएको छ । बसबाट लडेर पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिए ।

ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बालकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्