नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गर्यो

<span class='c1'>नेपालले ओमानलाई १ सय ५०</span> <span class='c2'>रनको विशाल अन्तरले पराजित गर्यो</span>

आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ ।

 

 

नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले सर्वाधिक १३ रन बनाए ।

नेपालका लागि पवन शरार्फले ३ विकेट लिए भने सूर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए ।शर्राफले १० ओभरमा २ मेडन राख्दै मात्र २४ रन खर्चिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।

उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए ।

प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए ।हालसम्म नेपालले तीन खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्