नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द

नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द

भद्रपुर । नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।  भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए ।

उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग  सीमाना जोडिएका पानी ट्याङ्की नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने भएकाले सुरक्षालाई ध्यान राखेर भारतीय पक्षले आज बेलुका ६ बजेदेखि पानी ट्याङ्कीमा सीमा बन्द गरेको हो ।

बिहीबार बेलुका ६ बजेसम्म गरिएको बन्दबाट नेपालमा रहेका भारतीय र सिलगुडीमा रहेका नेपालीलाई आवातजावतको बाधा नपुगोस् भनेर सीमामा आज जाँँच गरी बेलुका १० बजेसम्म छाड्न सकिने भारतीय प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिएको उनले बताए ।

तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति हिँड्न नपाउने गरी नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरेर भारतीय सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्