उदयपुरको कटारीमा चट्याङ लागेर एकजनाकाे मृत्यु, एकै परिवारका ७ जना घाईते

<span class='c1'>उदयपुरको कटारीमा चट्याङ लागेर एकजनाकाे मृत्यु,</span> <span class='c2'>एकै परिवारका ७ जना घाईते</span>

उदयपुर, ५ बैशाख।  उदयपुरको कटारी नगरपालिका-८ बबलामा  वर्षा, हावाहुरीसंगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ। सोही परिवारका अन्य ७ जना घाइते भएका छन्।

राति ८ बजे वर्षासंगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

चट्याङको झट्काले १२ दिनकी नाबालिका सहित एकै परिवारका बाबु ३८ वर्षीय कृष्ण बहादुर थापामगर, वर्ष १२ की सुनिता, वर्ष १० की अनिता, वर्ष ८ की गीता, वर्ष ७ की खीला र वर्ष ५ को कुल बहादुर थापामगर घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्