नेपाली खेलकुदको महाकुम्भ: आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदै

<span class='c1'>नेपाली खेलकुदको महाकुम्भ: आठौं राष्ट्रिय खेलकुद</span> <span class='c2'>प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदै</span>

काठमाडौं बैशाख ५ ।

नेपाली खेलकुदको महाकुम्भ मानिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ ।आवश्यक तयारी पूरा नभएको भन्दै पटकपटक प्रतियोगिताको मिति सारिंदै आएको थियो ।

प्रतियोगिताको बाँकेको नेपालगञ्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ ।

मुलुकका सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैर आवासीय नेपालीहरुको एक टोली गरी कुल ११ टोलीका ५ हजार २ सय ११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३ सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा ५ सय ६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाउने छन् । खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा हुनेछ । नेपालगंज रंगशाला बाहेक अन्य भेन्युमा खेल्नुपर्ने विभिन्न खेल एक साता अघि नै थालिएको हो ।

स्क्वास, टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलका प्रतियोगिताहरु उद्घाटन समारोह अघि नै सुरु भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्