ताप्लेजुङमा   १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङमा   १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङ, ५ वैशाख। ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले   १० नाल भरुवा बन्दुक बरामद गरेको छ ।  प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारेकाे हाे ।

त्यसैगरी  प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-१  जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले  आठराई त्रिवेणी गाउँपालिका-२ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले  श्रीजंगा गाउँपालिका-३ कुन्जरीमा लुकाई राखेको ३ नाल भरुवा बन्दुक बरामद गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले श्रीजंगा गाउँपालिका  सिकैचा बस्ने बर्ष ४० को तुलाराम काङबाङले १ नाल लाईसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्