आज दिल्ली क्यापिटल्स मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै ,सन्दिप टिममा पार्लान कि नपर्लान…

<span class='c1'>आज दिल्ली क्यापिटल्स मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा</span> <span class='c2'>गर्दै ,सन्दिप टिममा पार्लान कि नपर्लान…</span>

एजेन्सी । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा बिहीबार मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आइपीएलको ३४ औं तथा आफ्नो नवौं खेलमा दिल्ली मुम्बइ इन्डियन्ससँग खेल्न लागेको हो । शीर्ष दुईमा स्थान बलियो बनाउने लक्ष्यमा रहेको दिल्ली र मुम्बइबीचको खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा खेल बेलुका ८ : १५ बजे सुरु हुनेछ।

मुम्बइ दिल्लीलाई पराजित गर्दै शीर्ष २ मा स्थान बनाउने लक्ष्यमा छ भने दिल्ली चेन्नई सुपर किङससँगको अंकदूरी घटाउने रणनीतीमा छ । दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित निकालेको छ । सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको दिल्लीले कोलकता नाइट राइडर्समाथि ७ विकेट तथा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ४ विकेटको जित दर्ता गरेको थियो ।

मुम्बइले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दा पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको हार व्यहोरेको थियो । यस्तै किङ्स इलेभेन पन्जाबलाई ३ विकेटले हराएको थियो ।

दिल्ली ५ खेलमा जित र ३ मा हारको नतिजासहित ८ अंकका साथ लिगको दोस्रो स्थानमा छ । मुम्बइको समान खेल र नतिजासहित ८ अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

चेन्नई ९ खेलमध्ये ७ मा जित र २ मा हारको नतिजासहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्लीमा आबद्ध नेपाली सन्दीप लामिछानेले पछिल्ला २ खेलमा टोलीमा स्थान पाउन सकेनन् ।

सनराइजर्स हैदरावाद र कोलकताविरुद्धको खेलमा प्लेइङ-११ मा समावेश नभएका सन्दीप बिहीबार टोलीमा पर्नेबारे अन्योल छ । उनको पछिल्लो समय भएको प्रदर्शनका आधारमा कप्तान श्रेयस ऐयरले दुई खेलमा उनलाई बेन्चमा राखेका थिए ।  सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् ।

दिल्लीको सम्भावित प्लेइङ - ११ :
 कप्तान श्रेयस ऐयर, शिखर धवन, पृथ्वी शा, कोलिन मुन्‍रो, रिसब पन्त, क्रिस मोरीस, किमो पाउल, अक्सर पटेल, कागिसो रबडा, अमित मिश्र र इशान्त शर्मा ।

मुम्बइको सम्भावित प्लेइङ - ११ : डी कक, रोहित शर्मा, सूर्यकुमार यादव, इशान किसन, क्रुनल पाण्डेय, हार्दिक पाण्डेय, कीरोन पोलार्ड, जेसन बेर्न्डोफ, राहुल शर्मा, लासिथा मालिंगा र जसप्रित ब्रुमराह छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्