मोरङको बुढीगंगामा सवारी दुर्घटना : एकजनाको ज्यान गयो

मोरङको बुढीगंगामा सवारी दुर्घटना : एकजनाको ज्यान गयो

मोरङ,  वैशाख ०६ ।

मोरङ सवारी दुर्घटनामा एक जनाको म्रत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका-३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका-२ बस्ने बर्षको २५ को सन्तोष साहको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई बेलुका पौने ७ बजे पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका-१ बस्ने बर्ष ३० को दिपेन बि.क. लाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्