आईपीएल क्रिकेट अपडेट : आजको खेलमा बैङ्लोर र कोलकता खेल्दै

आईपीएल क्रिकेट अपडेट : आजको खेलमा बैङ्लोर र कोलकता खेल्दै

एजेन्सी । खराब नतिजाबाट गुज्रिरहेको रोयल च्यालेन्जर्स बैङ्लोर इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा आज कोलकता नाइट राइडर्सविरुद्ध खेल्दैछ ।

अहिलेसम्म १ खेलमा मात्र विजयी रोयल च्यालेन्जर्स बैङ्लोर कोलकताविरुद्ध खेल्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गाडेन्समा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।

पछिल्ला ३ खेलमा पराजय भोगेको कोलकता घरेलु मैदानमा जितको लक्ष्यमा छ । बैङ्लोर हारको श्रृङ्खलामा पूर्णबिराम लगाउने रणनीतिमा छ । अहिलेसम्मका ८ खेलमध्ये ४ मा जित र ४ मा हार ब्यहोरेको कोलकता ८ अंकसहित लिग तालिकाको छैटौं स्थानमा छ । १ खेलमा मात्र विजयी बैङ्लोर २ अंकसहित पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्