पाथिभरा मन्दीरबाट दानपेटिका चोर्ने पुजारी झमक बहादुर घिमिरे प्रहरीको नियन्त्रणमा

पाथिभरा मन्दीरबाट दानपेटिका चोर्ने पुजारी झमक बहादुर घिमिरे प्रहरीको नियन्त्रणमा

इलाम ६ बैशाख । इलाममा एक पुजारीद्धारा नै पाथिभरा मन्दीरबाट दानपेटिका नै चोरी भएको छ । इलाम नगरपालिका वडा नम्बर ४ धारापानीस्थीत कथितमाईली पाथीभराको नाममा हजारौंलाई वेवकूफ बनाउँदै आएका कथितपुजारी झमकबहादुर घिमिरेको अर्को कर्तुत सार्वजनिक भएको हो । झापाबाट लाखौंको रकम झ्वामपारी इलाममा कथितपुजारी बनेका ४५ वर्षीय घिमिरेले मन्दिरको दानपेटिका नै चोरी गरेका छन् । त्यहाँ राखिएको दानपेटिका रकमसहित उनै पुजारी घिमिरेले चोरी गरेको खुलेको छ ।

गत २ वैशाख राती दानपेटिका चोरी गरेको पाथीभरा संरक्षण समितिले गरेको अनुसन्धानमा खुलेको समितिका एक पदाधिकारीले जानकारी दिए । सुरुमा उनका छोरा सुदिल घिमिरेले चोरी गरेको घिमिरे परिवारबाट स्वीकार गरिए पनि थप अनुसन्धानबाट पुजारी झमकबहादुर घिमिरेले नै चोरी गरेको खुलेको छ ।

पूजा गर्ने स्थान नजिकै राखिएको दानपेटिका बिहान न भेटीएपछि समितिले खोजी गरेको थियो । खोजी गर्ने क्रममा पुजारी घिमिरेका छोरा सुदिल घिमिरेले दानपेटिका चोरी गरी फरार भएको बताइए पनि अनुसन्धानमा पुजारी झमकबहादुर घिमिरेले नै चोरी गरेको बताईएको छ । दानपेटिकामा करिब ३० हजार रुपैयाँ रहेको समितिका सचिव सूर्य रीजालले बताए । प्रहरीले मन्दीरका पुजारी झमक घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्