इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको ३५ अाैँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाईट राईटर्सलाई १० रन पराजित गरेको छ । २ सय १४ रनको लक्ष्य पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रन मात्रै बनाउन सक्यो । त्यसका लागि बेंग्लोरका कप्तान विराट कोहलीको शतक रह्यो । यो जित बेंगलोरले दोस्रो जित हो ।
कोलकताको घरेलु मैदान इडेन गार्डेनमा बैंग्लोरको जितमा कप्तान विराट कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का सहित १ सय रन बनाए । उनी अन्तिम ओभरको अन्तिम बलमा क्याच आउट भए ।
कोलकतालाई जितको लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो । मोईन अलीले १३ रन खर्चेर अन्तिम ओभरको पाँचौ बलमा आन्द्रे रसेललाई रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि कोलकता जितका लागि सक्षम हुन सकेन ।
आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाए भने नितेश राना ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । कोलकताका ओपनर क्रिस लिन १, सुनिल नारायण १८ रनमा आउट भए । त्यस्तै रोविन उथप्पा ९ र सुभमन गिल पनि ९ रनमै आउट हुनका लागि बेंगलोरका डेल स्टेनले २ विकेट लिए भने मार्कस स्टोइनिस र नन्दीप सैनीले पनि एक एक विकेट लिए ।
उता बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो । बेंगलोरको सानदार योगफलका लागि कप्तान कोहलीको शतकसँगै मोईन अलीको उत्कृष्ट प्रर्दशन रह्यो । आइपिएलले जनाए अनुसार यो कोहलीको आईपीएल अन्तर्गतको पाँचौ शतक हो ।
विराटपछि मोईन अलीले उत्कृष्ट ब्याटिंका लागि २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रन बनाए । उनी १६ औं ओभरको अन्तिम बलमा प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।
ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भएभने मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहनका लागि कोलकताका सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले एक एक विकेट लिए । कोलकता ९ खेलमा ४ जितसहित ६ स्थानमा छ भने बेंग्लोर २ जितसहित अन्तिम स्थानमा छ ।