आठौं राष्ट्रिय खेलकुद : क्रिकेटमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ३ लाई २० रनले पराजित गर्यो

आठौं राष्ट्रिय खेलकुद : क्रिकेटमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ३ लाई २० रनले पराजित गर्यो

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा प्रदेश नम्बर १ र नेपाल पुलिस बिजयी भएका छन् । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ३ लाई २० रनले पराजित गर्दा भैरहवामा भएको खेलमा पुलिस क्लबले प्रदेश ४ माथि २८ रनको जित निकालेको थियो ।

कोहलपुरको क्रिकेट मैदानमा भएको खेलमा प्रदेश तीनले टस जित्दै १ नम्बर प्रदेशलाई ब्याटिङको निम्तो दिएको थियो । एक नम्बर प्रदेशले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन जोड्दा प्रदेश एकका लागि कप्तान पुष्प थापाले २४ रन जोड्दा सन्नी पुन र राजन मगरले १२–१२ रन जोडे त्यस्तै सर्वन यादवले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ प्रदेश तीनका सोनु देवकोटाले सर्वाधिक दुई विकेट चट्काएका थिए । १ सय ७ रनको लक्ष्य पछ्याउँन मैदानमा आएको प्रदेश ३ ले १८ दशमलव ३ ओभरमा ८६ रन जोड्दा सवै विकेट गुमाउदा २० रनको हार बेहोर्नु प–यो।

प्रदेश १ का दिपेश कडेलले उत्कृष्ट बलिङ गरेपछि ३ नम्बरले हार बेहोर्नु प–यो । तीनका लागि ओपनर रबिन जोशी र इशान पाण्डे पहिलो विकेटका लागि ४२ रनको उत्कृष्ट साझेदारी गरेपनी हेमराज पौडेलले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले रन जोड्न सकेन्न फलस्वरूप हार्नु प–यो ।

बलिङतर्फ प्रदेश १ का दिपेश कडेलले ३ दशमलव ३ ओभरमा २ ओभर मेडन राख्दै १० रन मात्रै खर्चेर ४ महत्त्वपूर्ण विकेट चट्काउदा प्लेयर अफ द म्याच चुनिए । उता भैरहवामा भएको क्रिकेट खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै १९ ओभर ५ बलमा एक सय ३५ रन बनाएको थियो ।

उनका लागि कुसल भुर्तेल ४४, आरिफ सेख ३५, अमित श्रेष्ठ १६, दिपेन्द्र ऐरी १२ रन बनाए । बलिङमा प्रदेश चारका करण केसीले तीन विकेट लिए । जवाफमा प्रदेश चार २० ओभरमा ७ विकेट गुमाउदा एक सय सात रन मात्र बनाउन सक्यो । उसका लागि आकाश थापा ३१ तथा सुमन घिमिरेले २७ रन बनाएपनि बाँकी खेलाडी सस्तैमा पेभेलियन फर्किए । नेपाल पुलिसको जितमा राम नरेश गिरीले २ विकेट लिए ।

उक्त खेल करण केसी प्लेयर अफ द म्याच घोषित भए । आज  शनिबार बिहान कोहलपुरमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ३ बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्