प्रदेश नम्बर १ मा सवारी दुर्घटना : २ जनाको ज्यान गयो

प्रदेश नम्बर १ मा सवारी दुर्घटना : २ जनाको ज्यान गयो

बिराटनगर बैशाख ०७ गते ।

१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-७ मा गाईघाटवाट चुहाडे तर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्याक्टरले बिपरीत दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक उदयपुरगढी गाउँपालिका-७ का ३५ बर्षीय कालिन्दा भण्डारी गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा बेलुका ८:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने ट्याकटर र चालक अस्थायी प्रहरी पोष्ट चुहाडेको नियन्त्रणमा रहेका छन् ।
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-३ त्रियुगा चोकमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाईकल शुक्रवार बेलुका ७ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका ३५ बर्षीय धन कुमार राई गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी बिराटनगर स्थित न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका ८:४० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्